कोरोना विशेष

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत खड्काले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो ।

उहाँले एन्टिजेन र पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको बताउनुभयो । उहाँले ट्विटमार्फत भन्नुभयो, ‘८ गते ४ बजेदेखि ज्वरो खोकी सुरु भएको , आज १० गते एन्टिजेन र पीसीआर परीक्षण गराउँदा दुबैमा पोजेटिभ । उहाँलाई शुक्रबारदेखि ज्वरो, खोकी लगायतको स्वास्थ्य समस्या देखिएको थियो ।