राजनीति

कांग्रेस महाधिवेशनको कार्य तालिकामा फेरबदल, भदौ १६ देखि काठमाडौँमा हुने


काठमाडौँ – नेपाली कांग्रेसले आफ्नो महाधिवेशनको समयमा फेरबदल गरेको छ । समय फेरबदल गरेसँगै अब भदौ १६ देखि काठमाडौंमा हुने भएको छ ।
कांग्रेस पदााधिकारीको शनिबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो। साउन १ गतेदेखि वडा अधिवेशन गर्ने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ ।

यसअघि भदौ ७ देखि १० गतेसम्म गर्ने कार्यतालिका थियो। पदाधिकारी बैठकले कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन सार्ने निर्णय गरेको हो। पदाधिकारी बैठकको निर्णयपछि केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ । असार ३ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।