Breaking

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शनिवार) बिहान बस्दैछ । बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल हुने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । बैठकमा निर्वाचनको तयारी, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान तथा साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा समेत छलफल हुनेछ ।

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ । पाँचदलीय गठबन्धनको नेतृत्व गरेर कांग्रेस चुनावमा होमिएको छ । गठबन्धन दलबीच सिट बाँडफाँडका लागि गठन गरिएको कार्यदलले पनि काम सुरु गरिसकेको छ ।

साउन ३० गते बस्ने कार्यदलको बैठकमा दलहरूले सिट संख्या नै दाबी गर्ने तयारी गरेपछि कार्यसम्पादन समितिको बैठकमा कांग्रेसले दाबी गर्ने सिट संख्याबारे पनि छलफल हुने जनाइएको छ ।