समाचार

कांग्रेसको वडा अधिवेशनमा विवादपछि सर्लाही बलरामा गोली चल्यो


काठमाडौँ — सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको छ ।

बलरा नगरपालिका वडा नं ९ मा वड अधिवेशनका क्रममा विवाद हुँदा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए ।