Breaking

काँग्रेसले आफ्नो पहिचान गुमाएको ओलीको टिप्पणी


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले आफ्नो पहिचान गुमाएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्ता स्वार्थ टिकाउन र सत्ताको किलोमा बाँधेर आफुलाई खोज्न थालेको बताए ।

उनले काँग्रेसको आफ्नो नीति कार्यक्रम नरहेको भन्दै नेपाल र नेपालीको विकास, समृद्धि, राष्ट्रिय विकास, सम्मान अभिवृद्धिका लागि काँग्रेससँग कुनै नीति नभएको बताए । कार्यक्रम छैन, भिजन छैन, योजना छैन । मार्गचित्र हुने कुरै भएन । गन्तव्य सन्तव्य केही छैन, ओलीले भने, यति मात्रै होइन काँग्रेससँग नेकपा एमालेले अघि बढाएका नीति तथा कार्यक्रम हटाउने आँट पनि छैन । उनले एमालेका कार्यक्रमको विरोध गरिन्ज्याल गर्ने तर हटाउने आँट पनि नभएको बताए ।