देश

कसरी सुरु भयो सगरमाथा दिवस ?, तेन्जीङ नोर्गे र एडमन हिलारीको विर्सनै नहुने त्यो बहादुरी (भिडियोसहित)


काठमाडौँ – आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस । कोरोना महामारीले कार्यक्रमहरु गरेर दिवस मनाउन नपाए पनि सगरमाथा आरोहणको सम्झाना गर्दै आपसमा शुभकामना आदानप्रदान गरिएको छ ।

विश्वको सर्वाेच्च शिखर सगरमाथा । यसको हाल कायम भएको उचाइको नयाँ रेकर्ड ८ हजार ८ सय ४८.८६ मिटर हो । नेपालले विसं २०६४ देखि अन्तर्राष्ट्रिय रुपमै सगरमाथा दिवस मनाउन पहल गरेको हो । त्यसो त अन्तर्राष्टिय सगरमाथा दिवस मनाउन थालेको १४ वर्ष पुगेको छ । नेपालमा भने यो दिवस मनाउन थालेको ६८ वर्ष भइसकेको छ । सगरमाथाको यस शिखरमा मानव पाइला परेको दिन २९ मे, १९५३ को सम्झना र आरोहीको सम्मानका लागि यो दिवस मनाउन थालेको हो ।

पहिलो सगरमाथा आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीको मृत्युपछि उनीहरुको सम्झनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालिएको हो । पछिल्ला केही वर्षहरु भने यो दिवस खल्लो बन्दै आएको छ । कुनै वर्ष भुइचालो, कुनै वर्ष हिमपहिरो त पछिल्लो दुई वर्ष कोरोना महामारीका कारण सगरमाथा आरोहण र दिवस नराम्ररी प्रभावित बनेको छ । यस वर्ष पनि खासै कुनै कार्यक्रमहरु आयोजना हुन सकेन ।

पहिलो आरोहीद्धय शेर्पाको २०४३ साल बैशाख २६ मा मृत्यु भयो हिलारीको २०६४ पुस २७ मा निधन भएको थियो । २९ मे १९५३ मा एण्डमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथामा मानव पाइला टेकेपछिको आरोहण शिलशिला हेर्ने हो भने गत वर्ष पहिलोपटक हिमाली गतिविधि शून्य भयो । यस वर्ष आरोहण खुला गरिएपनि कोरोना प्रभाव हिमालमा समेत कायमै छ ।

पछिल्ला दशकहरुमा सगरमाथासहित हिमाल आरोहणमा नेपाली र विदेशीहरुको आकर्षण बढ्दा राज्यलाई आर्थिक लाभ भएकै छ । तर त्यही आयश्रोतको सरंक्षण र दिगोपनका लागि राज्यले उदासिनता देखाएकोमा सवै मार्फत चिन्ता व्यक्ति हुने गरेको छ । अझ जोखिमयुक्त हिमाल आरोहणमा संलग्न पर्यटन मजदुरहरुको संरक्षणमा सरकार चुकेको आरोहीहरुको भनाई छ ।

सगरमाथा आरोहणबाट सरकारी रोयल्टी नै वार्षिक रु.५० करोड पुग्न थालेको छ । तर सगरमाथा सहितका दर्जभन्दा बढि हिमाल आरोहणका लागि यस क्षेत्रमा जाने आरोही तथा पदयात्रीहरुका लागि पदमार्ग समेत व्यवसथीत बन्न सकेको छैन । स्थानीय तहमाफृत दिमार्गको स्तरोन्नती कार्य भइरहेपनि त्यो पर्याप्त देखिएको छैन । जलवायु परिवर्तन र वातावरण प्रदुषणले हिमाली भेग विस्तारै प्रतिकुल बन्दै गएको छ । हिमालमा हिउँ जम्न छाडेका छन् भने मानव श्रृजीत फोहोरहरु थुप्रिन थालेका छन् ।

बर्षेनी सगरमाथा दिवस मनाइरहे पनि सगरमाथाको संरक्षण र पर्यटन प्रवद्र्धनमा सरकारको ध्यान नगन्यमात्रामा रहेको भन्दै सर्वत्र आलोचना हुने गरेको छ । रोयल्टी वापतको रकम राज्यले मुठिमा राख्ने र अन्यत्र खर्च गर्ने तर सुधारका लागि पहल नगर्ने थितीको अन्त्य हुनु पर्ने पर्यटन व्यसायीहरुको आग्रह छ ।