राजनीति

कसरी भइरहेको छ भिजिट भिसामा मानव तस्करी ? (भिडियोसहित)

दलालविरुद्ध श्रममन्त्रीको एक्सन, भिजिट भिसाको दुरुप्रयोगमा सरकारी निकायकै हात


काठमाडौँ — पछिल्लो समय रोजगारीको आशामा भिजिट भिसामा युईए लगायतका देशमा गएर अलपत्र पर्नेहरुको संख्या बढ्न थालेपछि त्यसलाई रोक्न सरकारले सक्रियता देखाएको छ ।

भिजिट भिसाबारे अध्ययन गर्न कार्यदल निर्माण गरिएको छ भने पीडितको समस्या सम्बोधन गर्न मार्सल टिम नै गठन गरिएको छ । जसले पानी परिसकेपछि मात्र घुम खोज्ने सरकारको नियती पुन एक पटक छर्लङ भएको छ ।

आकर्षक रोजगारीको प्रलोभनमा परेर भिजिट भिसामा यूएई लगायतका देशमा पुगेर अलपत्र पर्ने क्रम बढेपछि समाधानका लागि सरकारले सक्रियता बढाएको छ । अध्यागमन विभागको तत्थ्याङ हेर्दा सन २०२१ मा मात्रै भिजिट भिसामा नेपालबाट ७९ हजार एक सय ६० नेपाली युएई पुगेका छन् ।

तीमध्ये ७२ हजार ९४ जना काम खोज्नका लागि सेटिङमार्फत भिजिट भिसामा युएई पुगेका थिए । जुन युएई र नेपाल सरकारबीच भएको श्रम सम्झौता विपरित हो । यसरी पुग्ने नेपालीहरुले जोखिम त व्यहोर्छन नै कानुनी उल्झनका अलावा प्रत्येक दिन एक सय दिराम अर्थात् तीन हजार रूपैयाँ जरिवाना तिर्नुपर्ने कानुनी प्रावधान छ । तर यतिका समस्या देखिरहँदा पनि सरकारले भने आश्चर्यलाग्दो मौनता साधिरहेको थियो ।

त्यस्ता काममा संलग्नमाथि कारबाही नगरी प्रतिबन्धको पुरानै नीति अख्तियार गरेको भनेर चौतर्फी दवाव आएपछि अन्तत ः सरकारले सक्रियता बढाएको हो । फलत: भिजिट भिसाबारे अध्ययन गर्न मंगलबार समिति नै बनाएको छ भने समस्या परेकाहरुको सम्बोधनका लागि मार्सल टिम बनाएको छ ।

तर सरकारको सकारात्मक सक्रियताका बीच पनि प्रश्न भने सरकारी निकायप्रति नै उब्जिएको छ । अर्थात समस्याको जरा पत्ता लगाउन अध्ययनमा सरकार लागिरहँदा अध्यागमन विभागकै कर्मचारीका कारण यस्तो समस्या आएको यस क्षेत्रका जानकारहरु बताउछन ।

पछिल्लो समय देखिएको भिजिट भिसाको दुरुप्रयोग सरकारकै कारण उत्पन्न भएको तथा यस्ता कार्य अध्यागमनकै कर्मचारीको सेटिङमा हुने गरेको मेनपावर व्यवसायीहरुले आरोप लगाएका हुन् । कोरोनापछिको अवस्थामा भिजिट भिसाको दुरुप्रयोग बढ्न सक्ने भनेर सरकारलाई ध्यानाकर्षण गराएपनि सरकारले उचित कदम नचाल्दा यस्तो अवस्था आएको उनीहरुको भनाई छ । सवै विदेशमा लैजानेहरु मेनपावर व्यवसायी मात्र नहुने बताँउदैसरकार सिर्जित समस्याका कारण गाली भने आफूहरुले खाईरहेको व्यवसायीहरु बताउछन ।

महामारीका कारण वढ्दो आर्थिक संकट, बढ्दो वेरोजगारीका कारण राम्रो रोजगारीका लागि जोखिममै मोलेर वैदेशिक रोजगारीमा जानेहरु अहिले धेरै छन । यसैको फाइदा उठाएर दलालहरुले २ देखि ८ लाखसम्म पैसा अशुली गरेर भिजिट भिषामा विभिन्न देश पठाउने र अलपत्र पार्ने क्रम बढेको हो । फलत ः यस्ता समस्या विरुद्ध सरकारको पछिल्लो कदम सकारात्मक छ । तर आफ्ना संयन्त्र सुधार्न तर्फ समेत सरकारको ध्यान जान जरुरी देखिन्छ ।