कर्णाली

कर्णाली प्रदेश : जेठ २५ भित्र संसद अधिवेशन बोलाउने मुख्यमन्त्रीको प्रतिबद्धता


काठमाडौँ – कर्णाली प्रदेश सरकारले जेठ २५ गतेभित्र बजेट अधिवेशन बोलाउने भएको छ । दलहरुको आग्रहपछि मुख्यमन्त्री शाहीले जेठ २५ गतेभित्र बजेट अधिवेशन बोलाउने बताएको बैठकमा सहभागी एक नेताले बताउनुभयो ।

सभामुख राजबहादुर शाहीको आह्वानमा बिहीबार दिउँसो बसेको प्रदेश सर्वदलीय बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अविलम्ब बोलाउन सरकारलाई आग्रह गरेको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्ने प्रचलन छ ।