मनोरञ्जन

कमल र मेलिनाले गरे इन्गेजमेन्ट


काठमाडौँ – गायक कमल खत्री र गायिका मेलिना मैनालीले इन्गेजमेन्ट गरेका छन् । आइतबार सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनीहरुले वैवाहिक जीवनमा प्रवेश गर्ने पूर्व जानकारी गराएका हुन् ।

तस्वीर सार्वजनिक गर्दै दुवै जनाले फेसबुकमा लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो । चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस् । जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं ।’