राजनीति

कमल थापा समूहको निष्कर्ष : ज्ञानेन्द्र शाहलाई बोकेर नहिँड्ने


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित भएका कमल थापाले अब ज्ञानेन्द्र शाहलाई बोकेर हिड्न नसक्ने बताएका छन् । आइतबार दरबारमार्गस्थित एक होटेलमा थापा समूहबाट निर्वाचित पदाधिकारीसहितको प्रारम्भिक समीक्षा बैठकमा बोल्दै थापाले शाहलाई ‘नबोक्ने’ निष्कर्ष निकालेका हुन् ।