देश

‘कबड्डी ४’ ट्रेलर रिलिज


काठमाडौँ — पहिलो भागदेखि नै विवाह हुन नसकिरहेको काजीले चौथो सिक्वेलसम्म आइपुग्दा बिहे गर्छ वा गर्दैन रु दर्शकमाझ यो कौतुहलताको विषय बनिरहेको छ । ड्रामा, रोमान्स र राजनीतिका तत्व समावेश ‘कबड्डी ४’ ट्रेलर बुधबार इन्टरनेट रिलिज भएको छ । जेठ १३ गते रिलिज हुने यो फिल्मको ट्रेलरमा मुस्ताङको थकाली आञ्चलिकता र त्यहाँको प्रेम तथा बिहेको लागि हुने संघर्षलाई चित्रण गरिएको छ । रामबाबु र उपेन्द्र सुब्बाद्वारा लिखित फिल्मको ट्रेलरमा आकर्षक संवाद प्रस्तुत छ ।

ट्रेलरमा अर्की अभिनेत्री गौमाया गुरुङलाई भने लुकाइएको छ । बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, जयनन्द लामा, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, शारदा गुरुङ लगायतको अभिनय समेत छ । रामबाबु गुरुङ निर्देशित फिल्मलाई घरेलु बक्स अफिसमा महत्वका साथ लिइएको छ । विशाल गुरुङ एलजी, सुष्मा गुरुङ, मधु मिजार, मणिराम पोखरेल र ओमचन्द रौनियारले निर्माण गरेका हुन् ।