समाचार

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी, परीक्षा बोर्डको बैठक बस्दै


काठमाडौँ – राष्ट्रिय परीक्ष बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डको बैठक गरेर नतिजा सार्वजनिक गर्ने तयारी रहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।

परीक्षा नियन्त्रक शर्माका अनुसार नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको छ । कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड–१९ को महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो । परीक्षामा देशभरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।