राजनीति

ओली फेरि राष्ट्रवादी बन्न थाले, चुनावी फण्डा कि साँच्चिकै राष्ट्रवादी ? कालापानीमाथि मोदीलाई चेतावनी (भिडियोसहित)


काठमाडौँ – नेपाली भूभागलाई अतिक्रमण गर्दै भारतले सडक विस्तार गरिरहेको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कडा आलोचना गरेको छ । सरकारले भारतको अतिक्रमणविरुद्ध मौनता देखाइरहेको भन्दै अनेक प्रश्नसमेत उठाएको छ । जबकि यही प्रश्न हिजो सडकदेखि सदनसम्म उठ्दा एमाले मौनताका अवस्थामा थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजभोली फेरि राष्ट्रवादी देखिदैछन् । अझ भनौं राष्ट्रवादी देखिने होडमा छन् । केहीदिन अघिको एक कार्यक्रममा बोल्दै सरकारप्रति खरो उत्रिएका ओलीले प्रश्न गरे, यो सरकार कालापानी लिपुलेकका विषयमा किन बोल्दैनन् ? चुच्चे नक्सा र जयसिंह धामीका विषयमा किन मौन छ ? आफ्नो पालामा जारी चुच्चे नक्सालाई पन्छाएर काँग्रेसले किन बुच्चे नक्सा प्रयोग ग¥यो भन्दै ओली घाँटी सुक्ने गरी बोले ।

भारतीय नाकाबन्दीको चर्काे विरोध गरेकै कारण एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनताले रातारात राष्ट्रवादी नेता बनाएका थिए । राष्ट्रवादको तामझामपूर्ण सफलताकै जस खाएर एमाले पहिलो शक्ति बन्न सफल भयो । तर त्यसको उन्माद तीनबर्षकै अवधिमा जनताका नजरमा वालुवामा पानी बन्यो । झन रअ प्रमुख सामन्त गोयलसँगको मध्यरात वार्ता र नेकपा विभाजन हुँदै दुई\दुईपटकको असंवैधानिक संसद् विघटनले ओलीलाई सडकमै पछारिदिएको छ । अहिले ओली सरकारबाट बाहिर छन् । तथापी आगामी चुनाव आउन चनचुन ५÷६ महिना बाँकी रहेका बेला पुनः ओलीमा राष्ट्रवादको भूत सवार भएको छ ।

ओली सत्तामा रहँदा जुन विषयमा सरकारको चर्काे आलोचना भयो त्यही विषयमा अहिले उनी जवाफी आलोचना गरिरहेका छन् । केहीदिन अघिमात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तार कार्य भइरहेको भनी अभिव्यक्ति दिएको थिए । त्यसको १२ दिनपछि प्रमुख प्रतिपक्षी एमालेले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमा आँच पु¥याउने भारतका गतिविधि तत्काल बन्द हुनुपर्ने भन्दै मंगलबार कठोर विज्ञप्ती सार्वजनिक गरेको छ । यही कठोर शैली सत्तामा हुँदा ओकलेको भए केही हदसम्म भारत पछि हटीसक्ने आँकलन धेरैले गरेका थिए । तर सडक र सदन तात्तिदा एमाले तात्तिएन । फलतः अहिले सत्ताबाट बाहिरीएपछि उठाएको मुद्धा चुनावी फण्डाकै रुपमा हेरिएको छ ।

नेपाल एउटा मान्यता स्थापित भएको छ । जसले धेरै भारतको गाली गर्न सक्यो त्यही राष्ट्रवादी । तर सत्तामा रहँदा भारतसँग जोडिएका मामिलामा चुइक्क बोल्न नसक्ने अनि सत्ताबाट बाहिरिएपछि आगो ओकल्ने परिपाटी नेपालका सबै राजनीतिक दलमा छ । जसले भारतको हेपाहा झनपछि झन बढीरहेको छ ।