राजनीति

ओलीको विरासत ढल्दै गर्दा मख्ख प्रचण्ड, ओलीसंग बदला लिन चाल चल्दै


काठमाडौँ – विगत तीन बर्षयता प्रधानमन्त्री केपी शर्मा ओलीसंग धेरै पटक राजनीतिक पराजय बेहोरेकामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले राहतको श्वास फेरिरहेको कतिपयको बुझाई छ ।हरेकदिन जस्तो कुनै न कुनै अभिव्यक्ति दिएरराजनीतिक चर्चा रहने प्रचण्ड अहिले शान्त पनि देखिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग न उल्लासमय समर्थन छ, न विपक्षी गठबन्धनको नेतृत्व सम्हाल्न पाएका छन् ।तत्कालिन नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीसंगको व्यक्तिगत टकरावकै कारण मुलुकलाई दिशाविहिन बनाउन उनको भूमिका महत्वपूर्ण थियो । भलै त्यसका जब्बर खेलाडी प्रधानममन्त्री केपी शर्मा ओली थिए । यी दुईकै व्यक्तिगत स्वार्थले मुलुक अहिले अस्तव्यस्त बनेको छ ।एक शक्ति ओली पथमा छन् भने अर्काे शक्ति पाँच दलीय गठबन्धन छ । हारजीतकै खेल चल्दा पाँच दलका अघि ओली रक्षात्मक बनेका छन् । तर यतिबेला राजनीतिक लुछाचुँडीमा प्रचण्डलाई अरु दलभन्दा हाइसञ्चो रहेको कतिपयको बुझाई छ ।

ओलीलाई जुनसुकै हालतमा पनि तह लगाउनै पर्ने बाध्यतामा रहेका प्रचण्डले प्रधानमन्त्रीका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवालाई अघि सारेका तीन दशकसम्म एउटै पार्टीको प्रमुख बनेर राज गरेका प्रचण्डलाई नेकपा एकतापछि ओलीले कहिल्यै प्रमुख हुन दिएनन् । सधैं पहिलो बन्ने आदत परेकाउनलाई समकालिन राजनीतिकै कडा प्रतिस्पर्धि बनेका ओलीले दोस्रो वरियतामै सिमित राखेपछि प्रचण्डभित्र दन्कीएको रापलले बरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री स्विकार्ने हैसियतमा पु¥याएको हो ।अहिले प्रचण्डसंग न प्रधानमन्त्री बन्ने इच्छा छ, न सत्तामा पुगेर हालिमुहाली गर्ने लोभ नै देखिन्छ । बरु आफुलाई धरातल देखाएका ओलीलाई तहसनहस पार्नुछ ।आफू एक्लै काबिल बन्न नसक्दा यसका लागि उनले एमालेकै एक पक्षसहित अन्य तीन दलको साथ लिएका छन् ।

पहिलो संविधानसभापछि दशकजति नेपाली राजनीतिको एकतर्फी मियो बनेर सरकार ढाल्ने र बनाउने खेलमा प्रचण्ड निर्णायक थिए । एमाले र माओवादी बीच एकता भएर नेकपा बनेपछि दोस्रो अध्यक्ष बनेका उनी पछिल्लो तीन बर्षयता निकै खुम्चिनु परेको हो ।नेकपा खारेजपछि रामबहादुर थापा बादल जस्ताआफ्नै सहयोद्धालेसाथ छोडेर ओलीलाई साथ दिनपुगेपछि प्रचण्डको छटपटी जोडतोडले बढेका थियो । तर अहिले एमालेभित्रकै आन्तरिक कलहले माधव पक्ष आफ्नै कित्तामा आएपछि प्रचण्ड राहतको श्वास फेरिरहेका छन् ।

एमालेको ठुलो हिस्सा विपक्षी गठबन्धनमा सामेल भएर ओली ढाल्ने र परि आए पार्टी नै फुटाउने अवस्थामा पुगेको छ । नेताकार्यकर्ता तितरवितर भएर पहिलो शक्ति नै छिन्नबिन्न हुँदा कमजोर बन्दै गएका ओलीलाई प्रचण्डले कुरीकुरी गरिरहेका छन् ।ओलीलाई तह लगाए अरुलाई मुठ्ठीभित्र राख्न सकिन्छ भन्ने बुझेका उनले राजनीतिको मियो आफैतिर सोझ्याउनेठड्याउने चाल चलिरहेको कतिपयको बुझाई छ ।