कोरोना विशेष

ओमिक्रोन भेरियन्टले तेस्रो लहर निम्त्याउने खतरा, के भन्छन् विज्ञ ?


काठमाडौँ –दक्षिण अफ्रिकाबाट सुरु भएर विश्वका ३५ भन्दा बढी देशमा फैलिसकेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट नेपालमा पनि भेटिएपछि त्रास बढेको छ ।

भारतका विभिन्न राज्यमा तीब्र गतिमा ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या बढ्दै जानु र नेपालमा समेत २ जनामा यो भेरियन्ट पुष्टि भएसँगै कोरोना महामारीको तेस्रो लहरको घण्टी बजेको रुपमा लिन थालिएको छ । केही दिन अगाडि मात्रै विश्वका अन्य मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले आतंक मचाउन थाल्दा नेपाल सुरक्षित देखिएको थियो ।

तर, सरकारले समयमा नै सजगता अपनाउन नसक्दा यो भेरियन्टका संक्रमित नेपालमा समेत भेटिएका छन् । अत्याधिक तीब्र गतीमा फैलिने ओमिक्रोन भेरियन्टका अब भने हलुकासँग लिन नहुने विज्ञहरुको सुझाव छ । अब पनि सरकार र नागरिकले लापरवाही गर्ने हो भने कोरोना महामारीको तेस्रो लहरबाट बच्न नसकिने चेतावनी समेत विज्ञहरुको छ ।

संक्रमण फैलिएका देशहरुबाट हुने आवतजावतलाइ कडाइ नगरिने हो भने नेपालले पनि भयावह स्थितिको सामना गर्नु पर्ने भन्दै विज्ञहरुले सचेत गराएका छन् । डेल्टा भेरियन्टभन्दा बढी संक्रामक मनिएको ओमिक्रोन भेरियन्टलाई फैलिन नदिन सरकारले क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने, परिक्षणको दायरा बढाउनुपर्ने र खोप अभियानलाई अझै तिव्र बनाउनुपर्ने विज्ञको सुझाव छ ।

साथै नागरिकले समेत आफूलाई सजग बनाएर जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्ने जनस्वास्थ्यविद्हरुको भनाई छ ।