Breaking

एसपीपीलाई लिएर गृह र परराष्ट्रको मतबाझियो,अस्वीकार गर्ने निर्णयको पत्रअझै अमेरिका पठाएनन्


काठमाडोँ — अमेरिकी शैन्य सहयोग स्टेट पार्टनरशीपप्रोग्रामएसपीपीको तरंग अझै सकिएको छैन ।सडक र सदनमाअभै यस विषयमा बहस चलिरहेकै छ । गृहमन्त्रीले एसपीपी अस्वीकार गर्ने पत्रपठाएको दावी गरे पनिएसपीपीअझै अध्ययनकै क्रममारहेको खुलेको छ । एसपीपी अस्वीकारको पत्र अमेरिकी सरकार समक्षपुगेकै छैन । अमेरिकी शैन्य सहयोग स्टेट पार्टनरशीपप्रोग्रामएसपीपी सतहमाआउन साथविवादितबन्यो ।

सडकमा विरोध सदनमाहंगामा भएपछि गतअसार ६ गतेको मन्त्रिपरिषद वैठकले नेपालएसपीपीमा नेपाल आवद्ध नहुने, एसपीपी अस्वीकार गर्ने निर्णय ग¥यो । त्यसको एकसातापछि असार १३ गते गृहमन्त्रीबालकृष्ण खाँडले राष्ट्रियसभामा सांसदहरुलाई जवाफदिँदै मन्त्रिपरिषदले नै एसपीपी अगाडि बढाइने छैन भन्ने निर्णय गरेको बताए । त्यो निर्णय परराष्ट्र मन्त्रालयमाफर्त अमेरिकालाई पठाइएको गृहमन्त्रीको भनाइथियो ।

गृहमन्त्रीको यो भनाई अनुसार एसपीपी अस्वीकार गर्ने निर्णय सहित नेपाल सरकारको पत्र अमेरिका पठाईसकेको बुझिन्छ । तर यथार्थ एसपीपीलाई लिएर सरकारको धारण अमेरिकी सरकार समक्षपुगेकै छैन । नेपालले एसपीपी अस्वीकार गरेको औपचारिक जानकारी गराएकै छैन । परराष्ट्र मन्त्रालयकाअनुसार औपचारिक पत्र पठाउन अझै अध्ययनगर्नबाँकीनै छ । मन्त्रालयले मन्त्रिपरिषदको निर्णयको म्यानुलप्राप्तभएको र त्यसमाअझै थपअध्ययन गरेर मात्रपत्रचार गर्नु पर्ने भएकाले अध्ययन कै क्रममा रहेकोबताएको छ ।

एसपीपीमा सहभागीहुन सन् २०१५ र २०१७मा नेपालआफैले निवेदनदिएको थियो । त्यो बेला परराष्ट्र मन्त्रालय सहभागीनभई नेपाली सेना मार्फत निवेदनगएको थियो । फलतयसवारे अध्ययनगर्न मन्त्रालयलाई पक्कै समय लाग्नेछ । यो एउटा उदाहरण मात्रहो । मुलुकको कुटनीति सञ्चालनमाआफ्नो खुशीमनमर्जी गर्ने चलन नै छ । फलत परराष्ट्र मामिला र मुलुकको कुटनीति सञ्चालनमा नेपालथपकमजोर बन्दै गएको छ ।

कुटनीति हरेकमुलुकको अन्तराष्ट्रिय सम्बन्ध सञ्चालको मेरुदण्ड हो । यसको संवेदनशीलताप्रति सबै गम्भिर र जिम्मेवार हुनुपर्दछ । राजनीतिक नेतृत्वको भूमिकाअझअहम रहन्छ । तर मुलुकको कुटनीतिक संवेदनशीलताप्रति राजनीतिक नेतृत्वकच्चा र लाचार बन्दाछिमेकीसँगको सम्बन्धमात्रहोइनअन्तराष्टिय स्तरमासमेत नेपालको कुटनीतिक छवीमा थप सन्देह पैदा भइरहेको छ ।