Breaking

एम्बुलेन्स घरमा छिर्दा सुतिरहेकी मनमायाको मृत्यु


काठमाडौँ – लामोसाँघु–जिरी सडकखण्ड अन्तर्गत पर्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित दुईकिलो नजिकै एम्बुलेन्स दुर्घटना भएको छ ।

बुधबार राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो । सडकखण्डबाट एम्बुलेन्स खसेर घरमा सुतिरहेकी ८९ वर्षीया मनमाया खड्काको निधन भएको सिन्धुपाल्चोक प्रहरी जनाएको छ । प्रहरीका अनुसार सडकबाट एम्बुलेन्स दुई मिटर तल झरेको थियो ।

एम्बुलेन्स घरभित्र छिरेपछि घाइते भएकी खड्काको उपचारका लागि अस्पताल लाने क्रममा निधन भएको हो ।c