राजनीति

एमाले महाधिवेशन : बन्द सत्रको दोस्रो सेसन सुरु


काठमाडौँ – चितवनको सौराहमा जारी नेकपा (एमाले) को दसौँ महाधिवेशन अन्तर्गत बन्द सत्रको दोस्रो सेसन सुरु भएको छ।नेतृत्वमा सहमति गर्ने प्रयासका कारण बैठक ढिलाई भएको हो । साँझ ७ बजेका लागि तय भएको बैठक सारेर ८ बजे पुर्‍याईएको थियो।
तर बैठक ९ बजेपछि मात्रै सुरु भएको हो।
अबको केही बेरमा ध्वनी मतले नेतृत्व चयन भएको घोषणा हुनेछ ।
बन्द सत्रको कार्यक्रम निर्वाचन कमिटीले सञ्चालन गर्दै छ
एमालेको बन्द सत्र हुने स्थानमा कडाई गरिएको छ ।