राजनीति

एमाले फुटाउन पनि माधव पक्ष तयार, ओलीको पार्टीको नाम ‘नेकपा (ओली)’, चुनाव चिह्न बयलगाढा


काठमाडौँ – नेकपमा एमालेका नेताले एमाले फुटाउन परे पनि आफूहरु फुटाउन तयार रहेको बताएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेत मेटमणी चौधरीले केपी शर्मा ओलीले नयाँ पार्टी गठनका लागि बाध्य पारे त्यस तर्फ पनि अघि बढ्ने उनले बताए ।

साथै उनले एमाले एक भए पनि ओलीलाई अध्यक्ष बनाइरहने कुरा असम्भव रहेका प्रतिक्रिया दिएका छन् । ओलीको नयाँ चुनाव चिह्न बयलगाढा हुनु पर्ने र पार्टीको नाम नेकपा (केपी ओली) राख्नु पर्ने बताए । उनले भने “एमालेलाई एक हुन नदिए नयाँ पार्टी गठनको बारेमा छलफल गर्नुपर्छ,एमालेलाई एक गराउने र ओलीलाई अध्यक्ष बनाइरहने कुरा अब सम्भव हुँदैन । ओली अबको चुनावमा बयलगाढा चिह्न लिएर चुनाव लड्छन्, पार्टीको नाम नेकपा (केपी ओली) राख्छन् ।”

आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक बस्न पूर्व चौधरीले यस्तो प्रतिक्रिया दिएका हुन् ।