राजनीति

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनहरूमाथि छलफल गर्न नेकपा एमाले केन्द्रीय कमिटीको बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सुरु भएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र संगठन विभागले विधान संशोधनको मस्यौदा प्रस्तुत गर्नेछन् । ‘विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूमाथि छलफल गरेर पारित गर्ने कार्यक्रम छ,’ कार्यालय सचिव शेरबहादुर तामाङले भने ।

यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि केन्द्रीय कमिटीको बैठक छलफल भइरहेको हो ।
बैठकले यी प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।