राजनीति

एमाले केन्द्रीय कमिटीको बैठक आजदेखि


काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुक्रबारदेखि ललितपुरमा सुरु हुँदै छ। च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे देखि सुरु हुने बैठक भोलिसम्म चल्नेछ ।

एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने छ । बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने उनको भनाइ छ ।