राजनीति

एमालेमा पूर्वमाओवादी समूहमाथि षडयन्त्रको गन्ध, छानी छानी अफ्ठ्यारो पारियो (भिडियोसहित)


काठमाडौँ – सर्वसम्मत गर्ने प्रयास विफल भएपछि नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन हुने नै भएको छ । केहीबेरमा मतदान हुँदै छ । तर उम्मेदवारहरुको सुची हेर्दा प्रतिनिधिहरुलाई पूर्वमाओवादीका नेताहरुदेखि पार्टीभित्रकै असन्तुष्ट नेताहरु मध्य कसलाई छनौट गर्ने भन्ने चूनौती थपीएको देखिएको छ ।

केही पदमा निर्वाचन नै हुने भएपछि नेकपा एमालेभित्र उम्मेदवारहरुको भविष्य आँकलन निक्कै रोचक देखिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने केन्द्रीय नेताहरुको हल्लाखल्लाका कारण सोही अनुसार मनस्थीति बनाएर देशभरबाट गएका प्रतिनिधिहरुले अन्नतः मतदान गरेरै केही पदाधिकारीहरु चयन गर्नु पर्ने भएका छन् । जुन बहुत रोचक भिडन्त हुने देखिन्नछ । उपाध्यक्षदेखि सचिवसम्मका उम्मेदवाहरुमा पूर्वमाओवादी प्रोफाइल बोकेकादेखि पार्टीमा गम्भीर असन्तुष्टीसहित बसेका नेताहरुमध्य कस्लाई छान्ने भन्ने गम्भीर निर्णायक मोडमा प्रतिनिधिहरु आइपुगेका हुन् । १९ जना पदाधिकारी रहेको एमालेका तीन पदमा निर्वाचन हुने देखिएको छ ।

रामबहादुर थापा बादल संस्थापन पक्षबाट नेकपा एमालेको उपाध्यक्षमा प्रस्तावित छन् । एमाले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले अब आफ्नो पुराना ६ जना नेताहरूलाई उपाध्यक्षमा रोज्ने कि पूर्वमाओवादीबाट आएका बादललाई रोज्ने भनेर निधो गर्नुपर्ने भएको छ । एमालेको उपाध्यक्ष पदमा ६ सिट छन् । यसमा अहिले ७ जना दाबेदार छन् । ६ जना एमाले पृष्ठभूमिका नेताहरू छन् भने रामबहादुर थापा बादल पूर्वमाओवादी खेमाबाट केपी ओलीको सिफारिसमा उम्मेदवार बनेका छन् । एमालेको उपाध्यक्ष पदमा ६ सिट छन् । यसमा अहिले ७ जना दाबेदार छन् । ६ जना एमाले पृष्ठभूमिका नेताहरू छन् भने रामबहादुर थापा बादल पूर्वमाओवादी खेमाबाट केपी ओलीको सिफारिसमा उम्मेदवार बनेका छन् । प्रतिनिधिहरुले मुख खोलेर भन्न नसकेपनि पूर्व माओवादी रोज्ने की रिसराग भएपनि घरका पुरानै सदस्यलाई रोज्ने भन्ने द्धविधामा छन् ।

एमालेमा खम्बा झैँ गाढीएर ठडिएका होनाहार नेताहरू सुवास नेम्वाङ, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीमध्ये एकजनालाई हराएपछि मात्रै बादलका लागि एमाले उपाध्यक्षको ढोका खुल्नेछ । यसअघि राष्ट्रियसभाको चुनावमा बादल एमालेभित्रकै अन्तर्विरोधको शिकार बनेर पहारको नराम्रो स्वाद चाखेका थिए । कतै त्यही ठक्कर पुन बादलले खेप्नु पर्ने त होइन भन्ने प्रश्न उब्जीएको छ ।

यता सचिव पदमा हुने निर्वाचनमा पनि अवस्था उस्तै छ । ७ सचिव पदमा पनि ओलीले टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याललाई उम्मेदवार बनाएका छन् । ओलीको यो सूचीमा टोपबहादुर र लेखराज पूर्वमाओवादी पृष्ठभूमिका हुन् । सोही पदमा ओलीको टीम बाहिरबाट नेकपा एमालेका नेता भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् । जो पूर्व माओवादी होइनन् । उपाध्यक्षमा झैँ सचिवमा पनि पूर्वमाओवादीका रायमाझी र भट्टले एमालेका दुई नेतालाई हराएर ठाउँ सुरक्षित गर्नु पर्ने हुन्छ ।

सर्वसम्मत हुने अवस्थामा ओली खेमाबाट सचिवका लागि व्यापक लबिङ गरिरहेका महेश बस्नेत र गोकुल बास्कोटा समेत निर्वाचन हुने भएपछि चुनावी मैदानबाट पछि हटेका छन् । संयोग हो वा परिस्थीति त्यस्तो बनेको हो यकिन भन्न सकिन्न तथापी जहाँ जहाँ सर्वसम्मत पदाधिकारी चयन भए त्यहाँ त्यहाँ ओलीले आफ्ना विश्वास पात्रहरुलाई पद सम्पीएका छन् भने जहाँ जहाँ चुनाव हुन्छ त्यहाँ त्यहाँ पूर्व माओवादीबाट आएकाहरुलाई उमेदवार बनाइएको छ ।