बिजनेस

एमालेको नाराबाजीकै बीच बजेटसम्बन्धी २ विधेयक प्रतिनिधि सभाबाट पारित


काठमाडौँ – प्रतिनिधि सभाले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको विहीबारको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बिच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८’ बहुमतले पारित गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले दुवै विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो । यससँगै सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ । प्रतिनिधि सभाको आगामी बैठक असोज ११ गते सोमवार दिउँसो २ बजे बस्ने भएको छ ।