राजनीति

एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटीे बैठक आज पनि बस्दै


काठमाडौँ – नेकपा एमालेको खनाल–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

हिजोबाट सुरु भएको बैठकका पार्टीको अन्तरबिरोधका विषयमा नेताहरुले आफ्नो धारणा राखेका थिए । बुद्धनगरस्थित क्वालिटी क्याङ्कवेटमा भएको बैठकमा बिहीबार धारणा राखेका अधिकांश सदस्यहरुले १० बुँदे सहमति एकताका लागि अपर्याप्त रहेको बताएका छन् । हिजोको बैठकलाई सम्बोधन गर्दैै नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताउनुभएको थियो ।

बैठकलाई सम्बोधन गर्दैै नेता माधवकुमार नेपालले आफू जतिसुकै अपमान सहेर पनि पार्टी एकता जोगाउन लागिपर्ने केन्द्रीय सदस्य हरुलाई बताउनु भएको थियो ।