देश

एमडीएमएस तत्काल लागू गर्न प्राधिकरणलाई निर्देशन


काठमाडौँ – सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले अवैध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने भन्दै प्राधिकरणलाई निर्देशन दिइसकेको जानकारी दिएका हुन् ।

एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरेपनि अझै लागू हुन सकेको छैन । ठूलो मात्रामा अवैध मोबाइल भित्रिने क्रम नरोकिएको भन्दै व्यवसायीहरुले एमडीएमएस लागू तत्कालै गर्नुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उद्घाटन गर्दै मन्त्री शर्माले मोबाईल उत्पादन गर्न सरकार आवश्यक सहयोग गर्न तयार रहेको र नेपालमा नै मोबाइल उत्पादन गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।