Breaking

एन्फा विशेष साधारणसभा आज, २ सदस्यका लागि निर्वाचन हुने


काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा आज हुँदैछ । विशेष साधारण सभा धिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा हुनेछ ।

साधारण सभाले एन्फा कार्यसमितिका बाँकी दुई सदस्यका लागि आजै निर्वाचन गर्नेछ । साउन २६ को कार्यसमिति बैठकले विशेष साधारण असोज १२ गते गर्ने निर्णय गरो थियो । गत ६ असारमा काठमाडौँमा भएको एन्फाको निर्वाचनमा २१ सदस्यीय कार्यसमिति चयन हुनुपर्नेमा १९ पदाधिकारी मात्र चयन भएपछि बाँकी दुई सदस्यका लागि आज निर्वाचन हुनेछ ।

चार जना सदस्यको मत बराबर भएपछि दुई जना सदस्यको निर्णय हुन बाँकी थियो । त्यतिबेला अर्को साधारण सभाबाट दुई सदस्यको टुङ्गो लगाउने एन्फाले जनाएको थियो ।

असार ६ मा सम्पन्न निर्वाचनबाट अध्यक्षमा पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का, चार उपाध्यक्षमा विराटजंग शाही, कुमार केसी, दिपक खतिवडा र दावा लामा, १३ खुल्ला सदस्यहरुमा महेन्द्र क्षेत्री, भोजराज शाही, मनिष जोशी, अनिल मल्ल, पुरुषोत्तम थापा, विजय नारायण श्रेष्ठ, रविन्द्र चन्द,टिका लामा, रमेश व्यञ्जनकार, भरत बुढ थापा र मणिराज विष्ट तथा महिला सदस्यमा पेमा डोल्मा लामा र सरिला श्रेष्ठ निर्वाचित भएका थिए ।