Breaking

एन्फा कार्यसमिति बैठक बस्दै


काठमाडौँ – अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आज बस्दैछ ।

बैठक आज विहान १० बजेबाट  एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुने एन्फाले जनाएको छ । यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो । 

आजको बैठकमा यस अघिका १८ र थप गरिएका ४ नयाँ एजेन्डामा छलफल हुनेछ । एन्फाका केन्द्रिय सदस्य पेमा लामाले माग गरेको ४ एजेन्डा थपिएको हो ।

थप गरिएको एजेन्डा पुरस्कार राशी, महिला नकआउट फुटबल प्रतियोगिता, ग्रासरुट तथा महिला फुटबल एकेडेमी सञ्चालन तथा फिफा दिवसमा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धि एजेन्डा रहेको छ ।