Breaking

एन्फा अध्यक्ष नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारीको शपथ आज


काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङसहितका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथ लिंदैछन् ।

शपथ ग्रहणको कार्यक्रम आज साँझ पाँच बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । शपथ लिएकाहरुले आजैबाट कार्यभार सम्हाल्ने छन् ।