खेलकुद

एन्फाको कार्यसमितिको बैठक बस्दै


काठमाडौँ – अखिल नेपाल फुटबल संघ एन्फाको कन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले राजीनामा दिने घोषणा गरेसँगै उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न एन्फाले बैठक बोलाएको हो ।

मुख्य प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले दवाव दिएको आरोप लगाउँदै राजीनामाको घोषणा गरेका थिए । मुख्य प्रशिक्षकसँग भएको भनिएको विवाद र पछिल्लो घटना क्रमको छानबिनको माग गर्दै नेम्बाङले निवेदन दर्ता गराएपछि एन्फाले केन्द्रिय समितिको बैठक बोलाएको हो ।

अलमुताइरीले आइतबार सामाजिक सञ्जालमार्फत नेम्बाङले पछिल्लो तीन सातादेखि समस्या उत्पन्न गराएको उल्लेख गर्दै आफूले राजीनामा दिन लागेको बताएका थिए । तर, उनले लिखित राजीनामा भने नबुझाएको एन्फाले जनाएको छ ।