अर्थनीति

एनआईसीको प्रस्तावित लाभांशमा रोक


काठमाडौँ – नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई लाभांश बाँड्न रोकेको छ । बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति नपाएपछि प्रस्तावित १५.७८९ प्रतिशत लाभांश रद्द गरेको हो ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कर्जभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै प्रस्तावित लाभांश रद्द गरेको हो ।बैंकले गत आवको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये सेयरधनीलाई गत आवको मुनाफाबाट लाभांश दिन नपाउने पहिलो र एक मात्रै बैंक एनआईसी एशिया बैंक बनेको छ ।