Breaking

एकीकृत समाजवादीमामन्त्री र पूर्वमन्त्रीको आरोप–प्रत्यारोप,माधव र मन्त्रीचौधरीमाथिझाँक्रीको आक्रोश


काठमाडौँ — मन्त्री हेरफेरको विषयले बढ्दै गएको नेकपाएकीकृत समाजवादीभित्रको आन्तरिक कलहव्यक्तिगततहमै पुगेको छ । आफू मन्त्रीबाट हट्नुपरेपछि अन्तुष्ट बनेका केहि मन्त्रीआफ्नै अध्यक्ष र नवनियुक्तमन्त्रीहरुलाई व्यक्तिगततहमै उत्रिएर आक्षेप लगाउनथालेका छन । जसले मन्त्रालयकाकाम कारबाहीमामन्त्री फेरिएपछि पर्ने प्रभाव समेत छर्लङ पारेको छ ।

मन्त्रीपरिषद हेरफेर पछि नेकपाएकीकृत समाजवादीभित्र अन्तुष्टि बढ्दै गएको छ ।नयाँमन्त्रीसिफारिस भएपछि आफ्नो पद जोगाउन मरिमेटेर लागेकाहरु अहिले पार्टी अध्यक्ष र नयाँमन्त्रीप्रतिखनिनथालेका छन । मन्त्रीमण्डलविस्तारताका नै उनीहरुलाई ६ महिनामात्रपठाईएको अध्यक्षमाधवकुमार नेपालको दावीकावीचपनि रामकुमारी झाक्री, विरोध खतिवडा,प्रेम आले र कृष्णकुमार श्रेष्ठले वालुवाटार र खुमलटारको दौडधुप बढाएका थिए ।

तर पार्टीले निर्णय गरिसकेको भनेर शिर्ष नेतृत्वले अडान लिएपनिउनीहरु फिर्ता भएभने निकै दिनको पखाईपश्चातनयाँमन्त्रीले सपथलिएकाथिए । त्यस लगत्तै फिर्ता भएकामन्त्रीहरुले पार्टी विरुद्ध अन्तुष्टी जनाउनथालेका छन । जसमा रामकुमारी झाक्री सबैभन्दा अगाडि देखिएकी छिन ।अहिलेका शहरी विकासमन्त्री मेटमणी चौधरीमाथिखनिदै आएकीउनले सोमबार पत्रकार सम्मेलन नै गरेर तुस पोखेकी छिन् ।

आफू शहरी विकासमन्त्रीहुँदा योजनावद्ध रुपमाकाम गरेको र अन्यविकासे मन्त्रालयको तुलनामापुँजीगतखर्चमाउल्लेख्य प्रगतिगरेको उनको दावी छ ।उपभोक्ता समितिको काम गुणस्तरहीनभएकाले अख्तियारले समेत प्रश्न उठाएकाले यसबाट कामनगर्ने निर्णयले सार्वजनिकखरिद प्रक्रियामाजानुपरेको उनको भनाई छ । तर मन्त्रीचौधरीले यो निर्णय उल्टाईदिएपछि झाक्रीआक्रोशित छिन । आफुले बसाएको थिती कसैले चुनावजित्नकालागि उल्टाउँछ भने त्यो सैय नहुनेबताएकीउनले यसले देशलाई समेत फाईदा नपुग्ने बताइन्।

उनले आफू मन्त्री रहँदा योजनाबद्ध रुपमाकाम गरेको भन्दै बिकास निर्माणका बिषयमाबिभिन्ननीतिहरु परिमार्जनको प्रयास गरेको बताएकी छिन् ।आफ्नै पार्टीका नेतामाथिमन्त्री छोड्नुपरेको रिस पोखेकीउनले असारको अन्तिम समयमा बजेट सिध्याउनकालागिकामगर्दा त्यसको गुणस्तरमाकमीआएको र यस बिषयमापनिआफु मन्त्रालयमा रहदा सार्वजनिकखरिद प्रक्रियामाजोड दिएको धारणा समेत राखेकीथिईन । मन्त्री पद फुत्किएपछि निकै तनाव र हतोत्साहित रहेकीझाक्रीले आफ्नै पार्टीका अध्यक्ष नेपालविरुद्ध पनिचर्चो आलोचनागर्दै आएकी छन ।

गत १६ साउनमाअध्यक्ष नेपालले रौतहट पुगेर टाउन हल, विवाहको भवन, सबगढा, टिकुलिया र सिर्सियामानिर्माण हुने सडक लगायतकरिब ४२ करोडका आयोजनाशिलान्यास गरेका थिए । एक टेलिभिजनअन्तर्वार्ताका क्रममाझाँक्रीले बिनाबजेट, बिनायोजनाकाविकासको कामशिलान्यास गरेको भन्दै अध्यक्ष नेपालको सो कार्यको आलोचना गरेकी छिन् ।

नेपालसंग लामो समयदेखि वोलचालनभएको खबरहरु बाहिरिरहँदा यसरीअभिव्यक्ति दिएपछि उनलेएकीकृत समाजवादी छाड्न लागेकीहुन् कि भन्ने आशंकासमेत जन्मिएको छ ।यहिवीचमाशहरीविकास मन्त्री मेटमणीचौधरीले भनेझाक्रीको अभिव्यक्तीको खण्डन गरेका छन । उनले झाक्रीको कार्यमाथि नै प्रश्न उठाँउदै काठमाडौँ कुरुपपार्ने उनको योजनाकार्यान्वयनगर्न नसकिने बताएका छन ।

यो आरोप प्रत्यारोपले पार्टीभित्रको कलहको वास्तविकचित्र समेत बाहिरल्याईदिएको छ । उनीहरुसंगै जोडिएर अध्यक्ष नेपाल र सम्मानित नेताझलनाथखनालबीचपनिखटपट सुरु भएको छ। जसले पार्टीभित्र प्रष्ट दुईधार रहेको र एउटा समुहले विद्रोह गर्नसक्ने सम्भावनादेखिन्छ । यसलेहाम्रामन्त्रालय कसरी चल्छन र त्यसलाई नेतृत्वले कसरी आफ्नो हितअनुकुलप्रयोग गर्छन भन्ने समेत प्रष्ट भएको छ ।