खेलकुद

एएफसी यू–२३ एसियन कप छनोट : नेपाल र ताजिकिस्तान प्रतिष्पर्धा गर्दै, नेपाल पहिलो जितको खोजीमा


काठमाडौँ – एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टोली ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।

छनोटको समूह बी को नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । नेपाल पहिलो जितको खोजीमा हुने छ भने ताजिकिस्तान लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।
यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।