Breaking

एउटै नम्बरका दुई मोटरसाइकल सक्कली भेटियो, नक्कली खोज्दै प्रहरी


काठमाडौँ — कठमाडौँ गौशाला चोकमा एउटै नम्बरको दुई वटा मोटरसाइकल फेला परेपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको छ । बुधबार एउटै नम्बरको दुई वटा मोटरसाइकल एकैठाउँमा भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको हो ।

तस्बिरमा दुबै मोटरसाइकलको नम्बर बागमती प्रदेश ०२-०२२ प २३८० लेखिएको देखिन्छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सञ्जीव शर्मा दासले सक्कली नम्बर भएको मोटरसाइकल फेला परेको तर नक्कली नम्बरको मोटरसाइकल भने खोजीकार्य भइरहेको जानकारी दिए ।

उनले भने,‘खोजीकार्य गरेपछि सक्कली नम्बरको बाइक फेला पारेका छौँ,नक्कली बाइकको खोजी भइरहेको छ । बाइक नम्बर कसरी मिल्यो भन्ने विषयमा अनुसन्धान गरेपछि मात्रै थाहा हुने उनले बताए ।