Breaking

उपेन्द्र बालकोट छिरेपछि गठबन्धनमा तरंग,उम्मेदवार चयनमा दलहरु असफल


काठमाडौँ — आगामी मंसिर चार गते हुने संसदीय निर्वाचनका लागि असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । तर उम्मेदवारवारे राजनीतिक दलहरु अझै अन्यौलमै छन । दलहरुबीचको चुनावी गठबन्धनका कारण दलगत भागवण्डामै सहमति जुट्ननसक्दा उम्मेदवार चयन अलपत्र परेको हो । चुनावी तालमेल र गठबन्धनको गोलचक्करमाअल्झिएका दलहरु उम्मेदवार छनोटमा भन्दा गठबन्धनभित्र आफनो भाग जोगाउने कसरतमा छन ।

शीर्ष नेतृत्वले पार्टीगत रुपमा कहाँ कसलाई, कस्तो उम्मेदवारलाई टिकट दिने भन्ने सोच्नै भ्याएको छैन ।गठबन्धनको गठजोडमा रहेका सत्ता घटक दल,प्रमुख प्रतिपक्ष नेकपा एमाले,राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा सहित लगभग सबै दलको अवस्था उस्तै छ । सबै दलबाट सम्भावित उम्मेदवारहरुको चर्चा चुलिए पनि कहाँ को उम्मेदवार उठ्ने भन्ने अझै अन्यौल्ता कायमै छ ।प्रधानमन्त्री समेत रहेका कांग्रेससभापति शेर बहादर देउवा संस्थापनइतर शेखर कोइराला समूह र गठबन्धनको दोहोरो पेलानमा छन् ।

गठबन्धनभित्रको अर्को निर्णायक शतिm नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अरुको भाग घटाएरै भए पनि धेरै सिट हत्याउने रणनीतिमा छन् । मधेशमा धेरै सिटको माग गरेको जसपा अझै गठबन्धनले माग पुरा नगरे त्यहाँबाट बाहिरिएर एमालेसँग तालमेल गर्नेसम्मको तयारी छ ।

माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादीले पनि भागवण्डामा असन्तुष्टि जनाएर पटक पटक वैठक नै बहिस्कार गर्दै आएका छ । दुईसाताअघि नै सहमति नजिक रहेको बताएको पाँच दलिय सत्तागठबन्धन दशै समेत नभनि निरन्तर छलफल गरे पनि सबै दल आ–आफ्नो अडानमा अडिग रहँदा अझै सिट संख्यामा सहमति जुटेको छैन ।

यता प्रमुख प्रतिपक्ष नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको निर्णय नै निर्णायक हुने भए पनि पार्टीभित्रका आकाक्षी उम्मेदवार,उम्मेदवार बन्नकै लागि निर्वाचनको सम्मुखमा पार्टी प्रवेश गरेकाहरुको व्यवस्थापन र१० भाईको माफी र टिकटको चक्करमा उम्मेदवार टुङगो लगाउने विषयअसहज बन्दै गएको छ ।

अर्कोतर्फ मिलेसम्म सम्भावित स्थानहरुमा राप्रपा,जसपा लगायतका दलसँगको चुनावी असोज २३ गते अर्थात यहि आइतावार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । संसदीय निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारहरुले आइतवार प्रत्यक्षतर्फको उम्मेदवारहरुको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।

अर्थात दुई दिनभित्र आ–आफ्नो दलबाट कहाँ को उम्मेदवारले चुनाव लड्ने टुङगो लगाउनु पर्ने बाध्यतामा दलहरु छन । यस्तो अवस्थामा दलहरुले कसरी सिट संख्यामा सहमति जुटाउँदै उम्मेदवार छनोट गर्छन्, चासो र चर्चाको विषय बनेको छ ।