Breaking

उपत्यकामा हैजा विकराल बन्दै, यी स्थानमा भेटिए हैजा संक्रमित,कसरी बच्ने ?


काठमाडौँ — उपत्यकामा हैजा महामारी थप विकराल बन्दै गएको छ । काठमाडौंका विभिन्न९ स्थानमा फैलिएको हैजाका कारण हालसम्म१२ जना संक्रमितभइसकेका छन् । सरकारले पानीउमालेर खान र सरसफाइमाध्यानदिनआग्रह गरेको छ । पहिलो पटक काठमाडौंको बागवजारमा देखा परेको हैजामहामारीलेअहिले उपत्यकाजोखिममा छ । काठमाडौको बागबजार,डिल्लबजार,सानेपा,बल्खु,कपन,नैकाप,थानकोट,कोटेश्वर,बालाजु सहित ९ स्थानकाा १२ जनामा हैजाका संक्रमण पुष्टि भइसकेको इपिडिमियोलोजितथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

तीमध्ये आठ जनाउपचारपछि घर फर्किसकेका छन् भने चार जनाउपचाररत छन । उपत्यकामा हैजा फैलिनुको प्रारम्भिक स्रोत दुषितपानीमानिएको छ । यसवारे थप अनुसन्धानभइरहेको महाशाखाले जनाएको छ ।उपत्यकामा संंक्रमित भेटिएको अधिकांश स्थानमाघरको पानीनमुना परीक्षण गर्दा इकोली र कोलिफर्म जीवाणु भेटिएको छ ।इकोली र कोलिफर्मदिसामापाइने सूक्ष्म जीवाणु हो । यसले झाडापखाला, हैजा फैलाउनेगर्दछ । काठमाडौमा हैजापुष्टि हुनसाथपानीउत्पादनतथावितरण स्थलहरुको अनुगमन र पानी शुद्धिकरणमा प्रत्यक्षअनुगमनभइरहेको काठमाडौ उपत्यकाखानेपानीव्यवस्थापनबोर्डले जनाएको छ । हैजामहामारीको रुपमा फैलिननदिनजनचेतना र सुचनाप्रवाह गरेको उनीहरुको दावी छ ।

कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हैजा हुन्छ।
–अचानक पीडारहितचामलपखालेको चौलानीपानी जस्तो अत्यधिक÷तारन्तार दिसाहुने ।
– पेटवा÷तथा खुट्टाकामांशपेशीका बाउँडिने ।
– बान्ताहुने, तिर्खालाग्ने,बेचैनीहुनेहैजाको लक्षणहो । पिउने पानी र खानेकुरा नै हैजाको प्रमुख कारण भएकाले पानीउमालेर मात्र सेवनगर्न,सरसफाईमाविशेष ध्यानदिनचिकित्सकको सुझाव छ ।

दिनहु नयाँ–नयाँ स्थानमा हैजा संक्रमित पुष्टि भइरहेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार हैजाको जीवाणु शरीरमाप्रवेश गरेपछि यो रोगको लक्षण दुई घन्टादेखि पाँचदिनसम्म देखिन सक्छ । धेरै कमअवधिभएकोले यो संक्रमण समाजमाविस्फोटकै रुपमा फैलिने क्षमता राख्छ ।विभिन्नअध्ययनहरुले अन्तर्राष्ट्रिय रूपमै हैजाका १० जना बिरामीमध्ये एक जनालाई कडा किसिमको सङ्क्रमण हुने तथ्याङ्क छ। उपचार अभावमामानिसको मृत्यु हुने सम्भावना ५० प्रतिशतसम्म रहन्छ ।