कोरोना विशेष

उपत्यकामा निषेधाज्ञा एक साता थपियो : निजी सवारीमा जोर बिजोर


काठमाडौँ – काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक साता थप गरिएको छ । निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ । साथै बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञा पहिलेको भन्दा केही खुकुलो बनाइएको छ । थपिएको निषेधाज्ञामा निजी सवारी साधन पनि जोर नम्बर प्लेटको जोर बार र विजोर नम्बर प्लेटो विजोर बार चल्न दिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।