Breaking

उत्तर कोरियाद्वारा जापानमाथि मिसाइल प्रहार, जवाफ दिन जापानले सुरक्षा परिसदको बैठक बोलायो


काठमाडौँ — जपान उत्तर कोरियाको निसाना पर्न थालेको छ । मंगलबार जापानको भूमिमा उत्तर कोरियाले मध्यम दुरिमा मार हान्ने शक्तिशाली मिसाइल प्रहार गरे सँगै जापानले असुरक्षीत महसुस गरेको छ । साथै उसले तत्काल सुरक्षा परिसदको बैठक बोलाएर आगामि कदमका विषयमा समेत छलफल गरेको छ । पश्चिमा देशले समेत उत्तरकोरीयालाई हिंसकको सङ्ग्या दिएका छन् । उत्तर कोरियाले जापानको भूमिलाई निसाना बनाएर मिसाइल प्रहार गरेको छ ।

मिसाइल आकाशमा देखिएपछि जापान भर त्रास फैलिएको थियो । जापानको आकासमा मिसाइल देखिएपछि जापानी सञ्चारमाध्यममा मुख्य खबर बन्न पुग्यो । मिसाइल देखिएका क्षेत्रहरुमा आपतकालिन साइरन नै बजाइएको थियो । उत्तर जापानका नागरिक साइरनको आवाज सुनेर उठेका थिए । उनीहरुलाई भवनबाट बाहिर निस्कन या भूमिगत हुन भनिएको थियो । सन् २०१७ यता उत्तर कोरियाले पहिलोपटक जापानी आकाशमाथि मिसाइल प्रहार गरेको हो ।

पछिल्लो समय उत्तर कोरियाली आणविक अस्त्रको परीक्षण गर्ने विषय चर्चामा छ । यसबीच उसले जापानी आकाशमा मिसाइल प्रहार गरेको हो । मिसाइल एक हजार किलोमिटर उचाईमा पुगेको जनाइएको छ । मिसाइल प्रहार भएको क्षेत्रका केही रेल सेवा तत्कालका लागि स्थगित गरिएको छ । मिसाइल प्रशान्त महसागरमा खसेपनि त्यसको असर जापानी भूमिमा देखिने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाले हिसं्रक व्यवहार गरेको प्रतिक्रिया दिएका छन् । उत्तर कोरियाको मिसाइल आएपछि जापानले सुरक्षा परिषद्को बैठकसमेत बोलाएको छ । जापान, अमेरिका र दक्षिण कोरियाले गत साता त्रिपक्षीय सैन्य अभ्यास गरेका थिए । उत्तर कोरियाले यसको जवाफमा मिसाइल प्रहार गरेको आशंका गरिएको छ । पछिल्लो एक हप्तामा उत्तर कोरियाले पाँच वटा मिसाइल प्रक्षेपण गरेको छ ।

उत्तर कोरियाले जापानमा प्रहार गरेको मिसाइल जापानबाट करिब ३ हजार किलोमिटर टाढा प्रशान्त महासागरमा खसेको सरकारले जनाएको छ । दक्षिण कोरियाले उक्त क्षेप्यास्त्र जापानी हवाई क्षेत्रबाट गुज्रिएको जनाएको छ । अमेरिकाले उत्तर कोरियाको यो कदमलाई दुर्भाग्यपूर्ण भनेको छ ।

उत्तर कोरियाले एक हप्तामा गरेको यो पाँचौं मिसाइल परीक्षण हो। शनिबार दुईवटा रकेट जापानको एक्सक्लुसिभ इकोनोमिक जोन (इइजेड) नजिकै खसेका थिए । संयुक्त राष्ट्र सुरक्षा परिषद्को दबाबका बाबजुद किम जोङ उनले हालै क्षेप्यास्त्र परीक्षणलाई तीव्र पारेका छन्। कडा प्रतिबन्धका बाबजुद उत्तर कोरियाले सन् २००६ देखि २०१७ सम्म ६ वटा आणविक परीक्षण गरेको थियो ।