बिजनेस

उच्च अंकले बढ्यो नेप्से, १४ अर्बमाथिको कारोबार


काठमाडौँ – साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार कारोबार मापक नेप्से झन्डै ५५ अङ्कले बढेको छ । नेप्से ५४ दशमलव ३१ अङ्कले बढेर तीन हजार ५८ दशमलव ६३ विन्दुमा पुगेको छ । आज बैकिङ समूहको शेयर ७२ अङ्कले, व्यापारको झन्डै तीन अङ्कले, विकास बैंकको १३ अङ्कले, जलविद्युतको ७१ अङ्कले, फाइनान्सको २५ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर ८६ अङ्कले बढेको छ ।

यस्तै जीवन बीमा समूहको शेयर ३१ अङ्कले, निर्जीवन बीमाको ४८ अङ्कले, उत्पादनको ७२ अङ्कले र अन्य समूहको शेयर ६ अङ्कले बढेको छ । आज दुई सय २३ कम्पनीका चार करोड ४१ लाख कित्ता शेयर १४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएका छन् ।