खेलकुद

ईपीएल : आज काठमाडौँ र पोखरा भिड्दै


काठमाडौँ – काठमाडौँमा जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज (मंगलबार) एउटा मात्र खेल हुँदै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे सुरु हुने खेलमा काठमाडौं किंग्स इलाभेन र पोखरा राइनोज भिड्दै छन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँले उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो भने पानी परेका कारण सोमबार विराटनगर वारियर्ससँगको प्रतिस्पर्धा स्थगन भएको थियो ।

यस्तै विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा र भैरहवा ग्लाडिएटर्सबीचको खेल पनि वर्षाका कारण बीचमै रोकिएपछि अंक बाँडिएको थियो ।