Breaking

नेपालमा बनेको विद्युतीय स्कुटर सारथी,यस्तो छ फिचर


काठमाडौँ – स्वदेशी उत्पादन सहित आत्मनिर्भरताको बहस नयाँ होइन । पछिल्लो समय अर्थतन्त्रमा देखिएको संकट र आयतमा सरकारले गरेको कडाईले यसबारे थप चासो बढेको छ । विभिन्न क्षेत्रमा अनुसन्धान सहित उत्पादनको प्रयास पनि भइरहेकै छ । तर उत्पादित वस्तुको उपयोगितावारे वेवास्ता गर्दा अनुसन्धान र उत्पादन दुवै नाम मात्रका भएका छन ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले झन्डै ७ महिना लगाएर इलेक्ट्रिक स्कुटर तयार पारेको छ । लुम्बिनी प्रदेशमा इलेक्ट्रिक स्कुटरको व्यवसायिक उत्पादनको सम्भाव्यता अध्ययन गर्न सहकार्य गरी बनाईएको इलेक्ट्रिक स्कुटरको नाम सारथी राखिएको छ ।

नेपाली वजारमा पाउने अथवा प्रयोग गरिरहेका स्कुटरमा हुने सवै फिचर यो स्कुटरमा छ । हेडलाईट, साइडलाईट हर्न सबैको सुविधा छ । अन्य स्कुटर भन्दा फरक यो स्कुटर चावी साथै मोवाइल एपको व्लुतुथबाट पनि स्वीच अन अफ गर्न सकिन्छ । स्कुटरमा प्रयोग भएका अधिकांश पाटपुर्जा नाष्टले बनाएका हुन् ।

यो स्कुटरले प्रति घण्टा ४५ किलोमिटरसम्म गुड्छ । एकपटकको चार्जले करिब ५५ देखि ६५ किलोमिटर गुड्ने क्षमता राख्दछ । ६० भोल्ट र २६ एम्पियरको व्याट्रीको प्रयोग भएको छ । यो स्कुटरमा दुईजना बसेर १२ डिग्रीसम्मको उकालोमा गुड्न सक्छ ।

सन् २०१९ मा पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ को सफलतापूर्वक प्रक्षेपणसँगै स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकको सूचीमा प्रवेश गरेका मुलुक अहिले विज्ञान प्रविधिको क्षेत्रमा के गर्दैछ भन्ने चासोकैबीच नाष्टको यो अविष्कार सारथी विद्युतीय स्कुटर चर्चामा छ ।

विद्युतीय सवारी साधनको व्यवसायिक उत्पादनको सम्भाव्यता र अध्ययन भए पनि कार्यन्वयन भने शुन्य छ । यसतर्फ सरोकारवालाका ध्यानकर्षण हुन जरुरी छ ।