विदेश

इरानमा राष्ट्रपतिय निर्वाचनका लागि मतदान सुरु


काठमाडौँ – इरानमा राष्ट्रपतिय निर्वाचनका लागि मतदान शुरु भएको छ । इरानको राष्ट्रपतिमा यस पटक चार जनाले उम्मेद्वारी दिएका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको समर्थनप्राप्त कट्टरपन्थी उम्मेदवार नै यस पटकको चुनावमा विजयी हुने अनुमान गरिएको छ ।

सर्वोच्च नेता खामेनीले न्यायपालिकाका प्रमुख इब्राहिम राइसीलाई समर्थन गर्नु भएकाले उनी नै विजयी हुने मत सर्वेक्षणहरुले देखाएका छन् । करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका छन् । तर, यस पटक करिब ४२ प्रतिशत मात्रै मतदान हुने जनाइएको छ ।