Breaking

इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा १७४ जनाको मृत्यु, सयौं घाइते


काठमाडौँ — आफ्नो टिम पराजित भएको झोकमा समर्थकहरु आक्रोशित बन्दा गएराति इन्डोनेसियाको पूर्वी जाभास्थित मलंकु कान्जुरुहान फुटबल रंगशाला एकाएक रणमैदान बन्यो । दंगा नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास ग्यास प्रयोग गर्दा मच्चिएको भागदौडमा यो समाचार तयार पार्दासम्म एक सय चौरहत्तत्रर जनाको मृत्यु भइसकेको छ ।

इन्डोनेसियाको पूर्वी जाभास्थित मलंकु कान्जुरुवान फुटबल रंगशालामा इन्डोनियाको शीर्ष लिग अन्तर्गत शनिबार अबेर भएको खेलमा घरेलु टिम अरिमा एफसी चीरप्रतिद्वन्द्वी टिम पर्सीबाया सुरबायासांग पराजित भयो । अरिमाले खेल हारेपछि समर्थकहरु मैदानमा उत्रिएर दंगा सुरु गरे । सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका भिडियोहरुमा खेल सकिएको जनाउन सिटी बजिसकेपछि समर्थकहरु पिचमा दौडिएको देखिन्छ ।

खेल सकिएपछि मैदानमा छिरेका उनीहरुलाई सम्हाल्न गाह्रो परेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले प्रहार गरेको अश्रुग्यासबाट निसासिएका उनीहरुबीच भागदौड सुरु भयो । सो घटनामा यो समाचार तयार पार्दासम्म १ सय ७४ जनाको मृत्यु भइसकेको छ । विश्व इतिहासमा रंगशालामा भएका विपद घटनामध्ये विकराल मानिएको इन्डोनेसियाको यस घटनामा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान समेत गरिएको छ ।

उनीहरुलाई रोक्ने क्रममा केही प्रहरीको पनि मृत्यु भएको छ । घटनामा सायौं घाइते भएका छन् । उक्त रंगशालामा ३८ हजारको सिट क्षमता भए पनि ४२ हजार हजार टिकट बिक्री भएको पाइएको छ । क्षमता भन्दा बढी दर्शक प्रवेश गरेको रंगशालामा भागदौड मच्चिदा ठूलो संख्यामा मानवीय क्षति भएको हो । इन्डोनेसियाको फुटबलमा हिंसा हुने विषय नौलो भने होइन ।

सन् १९६४ मा लिमामा भएको पेरु र अर्जेन्टिनाको ओलम्पिक क्वालिफायरमा भएको दंगाका पनि ३२० मात्रामा मृत्यु भएको थियो भने सन् १९८९ मा बेलयातमा भएको दंगामा ९७ जनाको मृत्यु भएको थियो । इन्डोनेसिया फुटबल एसोसियसनले घटनाको अनुसन्धान सुरु गरेको छ । इन्डोनेशियाका राष्ट्रपति विडोडोले मुलुककै ’दुखान्त फुटबल’ भएको बताएका छन् । राष्ट्रपति जोको विडोडोले शीर्ष लिगका सबै खेल घटनाको अनुसन्धान नहुँदासम्म बन्द गर्न आदेश समेत दिएका छन् ।