विदेश

इजरायली ट्यांकरमा भएको हमलामा इरानको हात रहेको अमेरिका र बेलायतको आरोप


काठमाडौँ – इजरायली ट्यांकरमा भएको हमलामा इरानको हात रहेको अमेरिका र बेलायतले आरोप लगाएका छन् । अन्तर्राष्ट्रिय कानुन विपरीत हमला भएको भन्दै उनीहरूले जवाफ दिने चेतावनी पनि दिएका छन् ।


इरानले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । इजरायली स्वामित्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक ट्यांकरमा बिहीवार ओमानी तटमा आक्रमण भएको थियो । त्यसक्रममा एकजना बेलायत र एकजना रुमेनियाली नागरिक मारिएका थिए ।

इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले घटनामा इरानको हात रहेको प्रमाण रहेको बताएपछि अमेरिका र बेलायतको वक्तव्य आएको हो । गत मार्चदेखि इजरायल र इरानद्वारा सञ्चालित कैयौँ पानी जहाजहरूमा आक्रमण भएका छन् ।