Breaking

आले र झाँक्रीको कठिन विदाई, राजीनामा दिएर धरधरी रोइन झाँक्री,खुशी भए माधव नेपाल


काठमाडौँ — नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागि भएका दुई मन्त्रीले राजीनमा दिएका छन् । पर्यटनमन्त्री प्रेम आले र शहरीविकासमन्त्री रामकुमारी झाँक्रीले लामो रस्साकस्सीपछि पार्टीको चाहनाअनुसार पद छोडेका हुन् । रामकुमारी झाँक्रीको यो रोदन सत्ताको सान सौकतले निम्त्याएको हो ।करिब नौं महिना लामो सरकार यात्राबाट बाहिरिनु परेपछि झाँक्रीका आँखाबाट बलिन्द्रा आँशुका धारा बगे । झाँक्री धरधरी रुँदा आफुलाई एक्सन मन्त्री भएको बताउने प्रेम आलेले आफ्नो कामको मूल्यांकन गर्दै ९० अंक दिएर विदा भए ।

नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएका दुई चर्चित पात्र हुन्, रामकुमारी झाँक्री र प्रेम आले । पार्टीले सरकारबाट फिर्ता बोलाउँदा पनि पद जोगाउन अन्तिमसम्मजोडजुलम चलाएका उनीहरु अन्ततः हारथाक खाएर राजीनामा दिन बाध्य बने । गत जेठ २४ गते नै पार्टी सचिवालयको बैठकले सरकारमा सहभागि चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । तर पार्टी निर्णयविरुद्ध गएर आफ्नै भनसुनमार्फत पद जोगाउन खोजेका उनीहरु अन्तिममापदबाट हात धुन बाध्य बने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारीमा रहेका प्रेम आलेले राजीनामा दिएको सार्वजनिक गरेपछि शहरी विकासमन्त्रीको जिम्मेवारीमा रहेकी झाँक्रीले समेत राजीनामा दिएकी हुन् ।

पदमा रहँदा केही विवादमा तानिएपनि आले र झाँक्रीको कार्यसम्पादनमाथि खासै प्रश्न छैन ।बतास समूहलाई नारायणहिटी र पशूपति धर्मशालाबाट निकाल्ने आलेको कदम अहिले पनि उल्लेख गर्न लायक छ । त्यसमाथि ठूला क्यासिनोबाट ठूलै राजस्व असुली र विमानस्थल सुधार लगायतका काममा आलेको छबि राम्रो बनेको छ । तर खराब देखिने आलेका केही यस्ता घटना सार्वजनिक भए, जसले उनको कार्यकालमाथि नैतिकताको प्रश्न उठाएको छ ।नेपाल वायुसेवा निगमका अध्यक्षमाथिको गालिगलौज र त्यसअघि एक युवासँगको उस्तै अश्लिल गालिगलौज सार्वजनिक भएपछि आलेको राजीनामा मागिएको थियो । तथापी गल्ती सुधारभन्दा आफ्नै बचाउमा उत्रिएपछि उनको थप आलोचना भयो ।

सलमान खानलाई नेपाल ल्याउनेदेखिआफु निकटलाई सरकारी जग्गा भाडामा दिने लगायतका विषय पनि आलेको आलोचनायोग्य बने । निजगढ विमानस्थलका बारेमा सर्वाेच्चले दिएको फैसलामाथि नै पौडेजारी खेल्न खोजेपछि उनीमाथि प्रश्न थियो । माधव नेपालको प्रिय भएर मन्त्री भएकी उनी देउवाका पनि प्रिय नै थिए ।उस्तै तामझामका साथ शहरी विकासमन्त्रीको जिम्मेवारी पाएकी रामकुमारी झाँक्रीले कार्यकालमा धेरै उपलब्धी हासिल गर्न सकिनन् । कार्यकालको लामो समयसम्म गुपचुप रहेकी उनी एकाएक पिर्के सलामीका कारण चर्चामा आएकी थिइन् । फोहोर व्यवस्थानमा काठमाडौंका मेयर बालेन्द्र शाहसँगको टकरावले उनको चर्चा झनै बढ्यो ।त्यसयता धोबीखोलाको निरीक्षण र सडक विस्तारमा देखाएको लगावले केही सकारात्मक छाप छोडिन ।तर जाँदाजाँदैकाम गर्न नसकेको दोष अदालतमाथि थुपारेकी छन् ।

पार्टीले सरकारबाट फिर्ता बोलाएपछि आले र झाँक्रीसहितका मन्त्रीहरु प्रधानमन्त्री देउवालाई गुहार्न पुगेका थिए ।पद बचाउनकै लागि १० सांसदको हस्ताक्षर जुटाएर आफ्नै निरन्तरता नभए आफु अनुकुललाई मन्त्री बनाउने भन्दै उनीहरुले पार्टीभित्र समानान्तर अभ्यास गरेका थिए । तथापीअन्तिममा आले र झाँक्रीले राजीनामा दिएपनि यो रिपोर्ट तयार पार्दासम्म श्रममन्त्रीको जिम्मेवारीमा रहेका कृष्णकुमार श्रेष्ठ किसान र स्वास्थ्यमन्त्रीको जिम्मेवारीमा रहेका विरोध खतिवडाको राजीनामा आएको छैन ।त्यसमध्ये राज्यमन्त्रीको जिम्मेवारीमा रहेको भवानी खापुङलाई मन्त्रीमा बढुवा गरिएको छ ।अब जेठ २४ अघि नै दौरासुरुवाल सिलाएर बसेका मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर र हिरा केसी सरकारमा जाँदैछन् । तर भर्खरै जन्मेको पार्टीमा मन्त्रीकै लागि भएको हानथापले गलत अभ्यास र संस्कारलाई प्रस्तुत गरेको छ ।