पर्यटन

आलेले योगेशलाई थर्कमान बनाए, दुवै भण्डाफोरमा, कारबाही गर्ने आलेको दाबी (भिडियोसहित)


काठमाडौँ — बतास प्रकरणपछि पर्यटनमन्त्री प्रेमबहादुर आले र पूर्वपर्यटनमन्त्री योगेश भट्टराईबीच एकअर्काविरुद्ध भण्डाफोर नै चलिरहेको छ । विगतको सरकारका कमजोरी र निर्णय अहिलेका मन्त्रीहरुले खोजि खोजि रोक्ने र खारेज गर्ने काम समेत भइरहेका छन् ।

बहालवाला पर्यटनमन्त्री प्रेमबहादुर आलेको निशानामा परेपछि पूर्व पर्यटनमन्त्री योगेश भट्टराई आच्छुआच्छुको अवस्थामा छन् । एउटाको हाइहाइ छ भने अर्काेलाई जनताले पनि भेट्टाए लेखेट्ने अवस्थामा छन् । र यसको पटाक्षेत्र बतास प्रकरणबाट भएको हो ।राजनीतिक पहुँच र शक्तिको दुरुपयोग गर्दै तत्कालिन पर्यटनमन्त्री भट्टराईले बतास समूहलाई चोर बाटोमार्फतनारायणहिटी छिराउन खोजेको विषय अहिलेका पर्यटनमन्त्री आलेको पालामा फेला प¥यो । भट्टराईको निर्णयमा आलेले केचीमात्रै चलाएनन् नारायणहिटीबाट बतासलाई लखेटि पनि दिए ।अब भट्टराईसम्मलाई कारबाही गर्ने आलेको दाबी छ ।

कुन स्वार्थको धागोमा लपेटिएर भट्टराईलेबतासलाई नारायणहिटी हात लगाउन खोजेका थिए ?यदि आलेको दाबी अनुसार नै छानबिन भए बाहिर आउँला। तर यसअघि एउटै पार्टीमा रहेका उनीहरु विभाजनपछि फरक फरक दलको नेताको हैसियतमा छन् । ओली निकट आले अहिले माधव नेपालको प्यारो बनेका छन्, र माधव निकट भट्टराई ओलीको प्यारो बन्न खोजिरहेका छन् । उनीहरुबीच नारायणहिटी काण्ड पछि एकअर्काको भण्डाफोर गर्ने जुहारी नै चलेको छ ।

कतिसम्म भने पेयपदार्थसम्मको विषयलाई लिएर उनीहरु एक अर्कालाई पोल खोलाखोल गरिरहेका छन् । मुलतः विगतको ओली सरकारले गरेका भ्रष्टाचार र अनियमिततालाई आले जस्ता मन्त्रीले सही मौका ठानेर सतहमा ल्याउन खोजिरहेका छन् । किनकि यती, ओम्नी हुँदै बताससम्म आईपुग्दा एमाले र ओलीनिकटहरुकै नाम जोडिएको छ । तर एमाले नेताहरु पनि आफुलाई कम आँकिरहेका छैनन् । सक्छौ भने छानीछानी कारबाही गर भन्ने चुनौती दिइरहेका छन् ।

सम्पदा हडप्न सफल भएका खबरसँगै सबै चर्चा र आलोचनाको केन्द्र बतासमै केन्द्रित छ । प्रायः ठूला राजनीतिक दल बतासको विषयमा मौन छन । उनीसित नाम जोडिएका नेताहरु भने खबर सुनेको नसुन्यै गरिरहेका छन । यद्यपी आलेको हुटहुटी गर्मिलो बनेको छ । तरप्रधानमन्त्री शेरबहादुर देउवा निकट व्यापारी र शिर्ष नेताको मौनताले आलेको ‘एक्सन’ समाधानभन्दा बढी प्रचारमुखी देखिन्छ ।