मनोरञ्जन

आर्यन खानले अब जेलकै खाना खानु पर्ने


काठमाडौँ – भारतीय चलचित्रका चर्चित अभिनेता शाहरु खानका २३ वर्षीय छोरा आर्यन खानले अबदेखि घरबाट लिएर गएको खाना खान नपाउने भएका छन् । उनले अबदेखि जेलमा नै बनेको खाना खानु पर्ने भएको छ ।

यसअघि आर्यनलाई घरबाटै खानेकुरा पठाउने गरिएको थियो । घरबाट आउने खाना खान नपाउने भए पनि आर्यनलाई घरबाट पठाइने लुगा लगाउने अनुमति भने प्रदान गरिएको छ । आर्थर रोड जेलमा कैदी नम्बर एन ९५८ को रुपमा रहेका आर्यन खानसहित अन्य कैदीहरुलाई ब्यारेक नम्बर एकको क्वारेन्टिन ब्यारेकबाट निकालेर सामान्य कैदीहरुमाझ सारिएको छ । सबैको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नै जेल प्रशासनले उक्त निर्णय लिएको बताइन्छ ।

याे पनि : ड्रग्स लिएको स्वीकारे शाहरुखका छोरा आर्यनले

आर्यन खान अहिले मुम्बईको आर्थर रोड जेलमा कैद छन् उनी कम्तिमा आउँदो बुधवारसम्म जेलमा बस्ने छन् । बुधवार उनको जमानतको आवदेनमा अदालतले फैसला सुनाउँदै छ । उनलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ड्रग्स केसमा गिरफ्ता गरेको थियो । आर्यनबाहेक सात जनालाई अन्य आरोपीहरुलाई पनि एनसीबीले गिरफ्तार गरेको थियो, जसमा दुई उनका पुराना साथीहरु पनि हुन् ।

शाहरुखका छोरा ड्रग्स केसमा पक्राउ

यसअघि आर्यन खानलाई एनसीबीका अधिकारीहरुले जेल पठाउनुअघि काउन्सिलिङ गरेको समाचार पनि सार्वज्निक भएको छ । काउन्सिलिङको क्रममा आर्यनले अब आफू गरीवहरुको कल्याणका लागि काम गर्ने तथा भविष्यमा आफ्नो नामलाई बदनाम हुने कुनै पनि काम नगर्ने बताएका थिए । एनसीबीका क्षेत्रिय निर्देशक समीर वानखेडे तथा सामाजिक कार्यकर्ताहरुद्वारा गरिएको काउन्सिलिङको क्रममा आर्यनले जेलबाट मुक्त भएपछि गरीवहरुका लागि काम गर्ने बताएका थिए । ‘म केही त्यस्तो काम गर्ने छु, जसले तपाईंलाई मप्रति गौरव महसुस गराउने छ, आर्यनले त्यसक्रममा भनेका थिए ।