मनोरञ्जन

आर्यन खानको जमानतबारे आज निर्णय हुने,उदाउँदो नायिका पनि मुछिइन्


काठमाडौँ – मुम्बई क्रुज ड्रग्स केसमा मुछिएका आर्यन खानको जमानतबारे आज निर्णय हुँदैछ । शाहरुख खानका छोरा आर्यनको केसको १४ अक्टोबरमा सेसन्स कोर्टमा न्यायाधीशले वकिलको बयान छोडेपछि निर्णयको लागि आजको मिति तय गरिएको थियो ।

एनडीपीएसको विशेष अदालतले बुधबार शाहरुख खानका छोरा आर्यन खानको जमानत याचिकामाथि आफ्नो निर्णय सुनाउनेछ । आर्यन यतिबेला आर्थर रोड जेलमा छन् । १४ अक्टोबरको सुनुवाईपछि न्यायाधीश वीवी पाटिलले जमानत याचिकामाथि आफ्नो निर्णय सुरक्षित गरेका थिए । जमानतका लागि पहली कदम चालिरहेका आर्यनको पछिल्लो थुप्रै दिनदेखि जमानत रोकिँदै आइरहेको थियो । आज आर्यनको प्रतीक्षा समाप्त हुनसक्छ । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले आर्यनसहित अन्य ८ जनालाई पक्राउ गरेको थियो । मुम्बईबाट गोवा जाँदै गरेको क्रुज शिपमा ड्रग्स पार्टी चल्दै गर्दा उनी पक्राउमा परेका थिए ।

त्यस्तै एक भारतीय सञ्चार माध्यमले आर्यन खानले बलिउडकी एक उदाउँदै गरेकी नायिकासँग च्याट गरेको पनि एनसीवीले जानकारी दिएको छ । उक्त च्याटमा नशाको विषयमा कुराकानी भइरहेको थियो । अदालतमा बहसका बेला एनसीबीको समूहले आरोपीको जुन च्याट अदालतलाई सुम्पिएको छ त्यसमा आर्यनसँग यी नायिकाको च्याट पनि समावेश छ । यसका साथै आर्यनले केही लागुऔषध कारोबारीसँग गरेको च्याट पनि अदालतलाई सुम्पिइएको थियो ।