पर्यटन

शेर्पा सञ्चारको लोगो अंकित झन्डा आमादब्लम हिमाल र मेरा पिक आरोहीलाई हस्तान्तरण


काठमाडौँ – शेर्पा सञ्चार समूहले आमादब्लम हिमाल र मेरा पिक आरोहण गर्ने तयारीमा रहेका आरोहीलाई झण्डा हस्तारन्तरण गरेको छ ।

खुम्बु हिम श्रृङ्खलामा रहेको ६ हजार ८ सय १२ मिटर उचाइ रहेका आमादब्लम हिमाल आरोहण गर्न लागेका आरोही छिरिङ नाम्गेल शेर्पा र महाकुलुङ गाउँपालिकास्थित ६ हजार ४ सय ७६ मिटर उचाइमा रहेका मेरा पिक आरोहण गर्न लागेका संस्थाका सह–कोषाध्यक्ष दिकु शेर्पालाई शेर्पा संञ्चार समूह नेपालको लोगो अंकित झन्डा हस्तान्तरण गरिएको हो ।

बुधबार शेर्पा सञ्चार समूहको कार्यालयमा भएको एक कार्यक्रमकाबीच आमादब्लम आरोहण गर्न लागेका सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाका आरोही छिरिङ नाम्गेल शेर्पा र मेरा पिक आरोहण गर्न लागेका संस्थाका सह–कोषाध्यक्ष दिकु शेर्पालाई अध्यक्ष पासाङ शेर्पाले झण्डा हस्तान्तरण गर्नुभएको हो ।

बुधबार शेर्पा सञ्चार समूह नेपालको केन्द्रीय कार्यालयमा भएको एक कार्यक्रममा अध्यक्ष शेर्पाले संस्थाको लोगो अंकित झण्डा हस्तान्तरण गर्दै सफल आरोहणको शुभकामना समेत दिनुभएको छ । साथै शेर्पा संञ्चार समूह नेपालले मेरा पिकमा शेर्पा समुदायको परम्परागत स्याब्रु नृत्य गरि विश्व रेकर्ड कायम गर्न लागेका शेर्पा इभेन्ट अर्गनाइजरको समूहलाई खादा लगाएर बिदाई गरिएको संस्थाका महासचिब डोल्मा शेर्पाले जानकारी दिनुभयो ।

आमादब्लमहिमाल आरोहण गर्ने शेर्पा बिहिबार र मेरा पिक आरोहण गर्ने टोली शुक्रबार काठमाडौँबाट सोलुखुम्बु प्रस्थान गर्नेभएको छ ।

छिरिङ नाम्गेलले ९ पटक सगरमाथाको आरोहण गरिसकेका छन् । आमादब्लम हिमाल ८ पटक, मनास्लु ४ पटक, ल्होचे २ र अन्य साना पिकहरु आरोहण गरिसकेका छन् । सन् १९९४ मा सोलुखुम्बुको पाङबुचे गाउँमा जन्मेका छिरिङ नाम्गेलले शेर्पाको रुपमा १६ वर्षको उमेरबाट काम गर्न थालेका हुन् । हालसम्म उनले धेरै विदेशीलाई हिमालका शिखरसम्म पु¥याइसकेका छन् ।