समाचार

आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा बुवा पक्राउ



काठमाडौँ – आफ्नै १३ वर्षीया बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन् ।

अर्घाखाँचीमा आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पाणेनी गाउँपालिका–८ बस्ने ४८ वर्षीय बुवालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती बाबुले छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।