मनोरञ्जन

आफ्नै विवाहमा बेहुला निदाएपछि


काठमाडौँ – अहिले समाजिक सञ्जालमा आफ्नै विवाहमा दुलाहा निदाएको भिडियो भाइरल भइरहेको छ । भारतका निरंजन मोहपात्रा नाम गरेको एक व्यक्तिको विवाह भिडियो इन्स्टाग्राममा भाइरल भएको छ।

पछिल्लो समय विवाहमा परम्परामा भन्दा पनि मौलिक र मनोरञ्जनात्मक कार्यले रमाइलो हुने गरेको छ । हामी सबैलाई थाहा छ कि विवाहहरूमा नाटक र कमेडीको सामान्य नै भईसक्यो । यसो सोचि हेरौँ त यदि आफ्नै विवाहमा स्वयम् बेहुला नै विवाह मण्डपमा निदाउँदा त्यहाँको माहोल कस्तो होला । यस्तै भएको छ भारतको एक विवाह कार्यक्रममा ।


अहिले समाजिक सञ्जालमा आफ्नै विवाहमा दुलाहा निदाएको भिडियो भाइरल भइरहेको छ । भारतका निरंजन मोहपात्रा नाम गरेको एक व्यक्तिको विवाह भिडियो इन्स्टाग्राममा भाइरल भएको छ। भिडियोमा देख्न सकिेन्छ की स्वयम्बर गर्ने ठाउँमा दुलाहा निदाएका छन् । त्यहाँ उपस्थित मान्छेहरू उनलाई उठाउने प्रयास गर्छन्। मानिसहरूलाई ब्यूँताएपछि पनि, दुलहा निद्राबाट ब्यूँझदैनन् र उनी कुम्भकर्ण जस्तो गहिरो निदाइरहेका छन्। यो देखेर, मानिसहरूले आफ्नो हाँसो भने रोक्न सकेनन् ।

अझ रमाइलो पक्ष के छ भने बेहुलालाई उठाउन जन्तीहरुले हरसम्भव प्रयास गरेपनि बेहुला उठ्दै उठ्दैनन् । उनी मज्जाले निदाइराख्छन् । निर्दोष दुलही यो सबै चुपचाप बसेर हेरिरहेकी छिन् ।